काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसको शीर्ष नेताहरुको छलफल सुरु भएको छ। स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न पार्टी कार्यालय सानेपामा नेताहरु छलफलमा जुटेका हुन् ।
दुई दिनसम्मको नेताहरुको छलफलमा पनि सहमति जुट्न नसकेपछि अहिले पार्टी कार्यालयमा अनौपचारिक छलफल सुरु भएको स्रोतले जनाएको छ । छलफल पछि कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्नेछ ।