Logo

पोखरा मेयरमा दीपक पौडेलको टिकट खोसियो, अव कृष्ण थापा उम्मेदवार



पोखरा, बैशाख १२ । नेकपा (एमाले) ले पोखरा महानगरपालिकाको मेयरको टिकट कृष्ण थापालाई दिएको छ । यसअघि दीपक पौडेललाई टिकट दिएपछि उनको विरोध भएको थियो ।

उनलाई सुन चोरेको आरोप लागेको थियो । सुन चोरेको पूरानो भिडियोहरू सेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । तर उनले आफुलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका थिए । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ ।

पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो ।

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताएपनि अहिले मौन छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस्