Logo

मदिरा, चुरोट, हीरा, मोबाइल सेटसहित सामाग्री नेपाल भित्राउन बन्देज



काठमाडौं, १४ वैशाख । सरकारले मदिरा, चुरोट, मोबाइल सेटसहित १० प्रकारका सामाग्रीलाई नेपाल भित्राउन बन्देज लगाएको छ । राजपत्रमा सूचना नै प्रकाशित गरेर ती वस्तुहरु भित्राउन बन्देज गरेको हो ।

अब देखि व्यक्तिगत प्रायोजनमा मदिरा विदेशबाट ल्याउन पाइने छैन । ड्युटी फ्रिबाट समेत मदिरा भित्राउन रोक लगाइने भएको छ ।

चुरोट तथा सुर्तिजन्य वस्तु पनि नेपाल भित्राउन बन्देज गरिएको छ । तर, कच्चा पद्धार्थ ल्याउन भने छुट छ । हीराको औद्योगिक कच्चा पदार्थ ल्याउन छुट गरिएपनि तयारी हिरा ल्याउन बन्देज लगाइएको छ ।

कुनै पनि प्रकारका मोबाइल सेट, ३२ इञ्च माथिका रंगिन टेलिभिजन, जीप, कार र भ्यानहरु, २५० सीसी भन्दा माथिल्ला क्षमताका मोटरसाइकल, खेलौनाहरु र खेल्ने तास व्यक्तिगत प्रायोजनका लागि ल्याउन बन्देज गरिएको छ । विदेश गएका नेपालीहरुले यस्ता सामाग्री ल्याउँदा देशको पैसा विदेशिएको र राजश्व समेत घाटा परेको भन्दै सरकारले नयाँ नीति ल्याएको हो ।

यसअघि सरकारले विदेशबाट व्यक्तिगत प्रायोजनका लागि सुन ल्याउन बन्देज गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्