प्रस्तावकले भने-उम्मेदवारी यथावत रहन्छ, फिर्ता हुँदैन्
काठमाडौं, १५ बैशाख । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका नेतालाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका छन् ।
खाँणले आज बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको प्रस्तावकसँग पनि छलफल गरेका छन् । उनले प्रस्तावक तथा पुर्व जिल्ला सभापति कृष्णालाल सापकोटासँग बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
अहिलेको आवश्यकता गठबन्धन र चुनावी तालमेल रहेको भन्दै मन्त्री खाँणले भरतपुरका कारण देशैभर समस्या परेको बताएका थिए ।
सापकोटाले कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको र उम्मेदवारी यथावत रहने जवाफ दिएको स्रोतले जनाएको छ । खाँणले आजै बागी उम्मेदवार पौडेलसँग पनि भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गर्नेछन् ।