काठमाडौं, १६ बैशाख । बागी उम्मेदवारीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
आजको बैठकमा गठबन्धनले दिएका उम्मेदवारीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने जनाइएको छ । मनोनयन दर्ता गराएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।
गठबन्धनको यस अघिको बैठकले पाँचदल भन्दा अन्य दलसँग गरिएको तालमेल खारेज हुने चेतावनी समेत दिइसकेको छ ।
नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकताएहरुलाई आज बेलुका ५ बजेसम्म फिर्ता नलिए स्वत सदस्यता खारेज हुने पनि चेतावनी दिएको छ ।