Logo

बागी उम्मेदवार पौडेललाई फकाउन पुगेका खाँण काठमाडौं फर्किए



काठमाडौं, १६ बैशाख । भरतपुर महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सम्झाउन पुगेको नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण काठमाडौं फर्किएका छन् ।

सत्ता गठबन्धनका मेयरका उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका पौडेललाई फकाउन बुधबार चितवन पुगेका गृहमन्त्री खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ आज काठमाडौं फर्किएका हुन् ।

तर पौडेलले भने आफ्नो उम्मेदवारी फिर्ता हुन नसक्ने अडान लिएका छन् । निर्वाचन आयोगले आज बेलुकासम्म उम्मेदवारी फिर्ता लिन समय दिएको छ । त्यस्तै, कांग्रेसले पनि आज स्वतन्त्र उम्मेदवारी फिर्ता लिन र नलिए पार्टीबाट स्वत सदस्यता खारेज गर्ने पनि चेतावनी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्