सुनसरी, १६ बैशाख । सुनसरीको इनरुवा नगरपालिकाका मेयरले राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मेयर राजन मेहेताले सोही नगरपालिकाको वडा नं.२ को सदस्यमा उम्मेदवारी दिएका हुन् ।
मेहेता मेयरमा पुनः दोहोरिन चाहेपनि पार्टीले नदिएपछि जिल्ला समन्वय समितिको प्रमुख ताक्न उनले सदस्यमा उम्मेदवारी दिएको स्रोतले जनाएको छ।