काठमाडौं, १९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४८ दशमलव ७३ अंकले घटेर २३ सय ७ दशमलव ४४ विन्दुमा रोकिएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ४५ अंकले घटेर ४४१ दशमलव ७९ विन्दु कायम भएको हो ।
आज २२८ कम्पनीको १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको ३९ लाख ७८ हजार ७९ कित्ता खरिद बिक्रि भएको नेप्सेले जनाएको छ।