Logo

एआईजी पोखरेलले दर्ता गरेको रिटमा बुधबार सुनुवाई हुने



काठमाडौं, १९ बैशाख । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरज प्रताप सिंहको नियुक्तिको बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्चमा दर्ता भएको छ।

सिंहको नियुक्तिको बदर माग गर्दै पोखरेलले दिएको रिट आज अदालतमा दर्ता भएको हो । पोखरेलको रिटमा बुधबारलाई पेशी तोकिएको हो ।

पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर सिंहलाई सोमबार सरकारले आईजीपी नियुक्त गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्