काठमाडौं, २६ बैशाख । नेपाल राष्ट्र बैंकले मंगलवार ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ । ट्रेजरी बिल आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यसैगरी, बैंकले ९१ दिनको लागि ७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ ।
यो बिल साउन २४ गते परिपक्व हुनेछ । बैंकले १८२ दिनको लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी हुँदै छ । यो बिल कात्तिक २२ गते परिपक्व हुने छ ।