चितवन, २७ बैशाख । भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनमाथि गम्भीर आरोप लगाएका छन् ।
उनले मतदाता प्रभावित गर्न सत्ता गठबन्धनले झोला झोलामा पैसा बाँडेको आरोप लगाएका हुन् ।
आज (मंगलबार) भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सत्ता गठबन्धनले झोलाझोलामा ५ हजार, १० हजार रुपैयाँ र साडी बाँडेको सूचना आफूलाई आएको दाबी गरे ।
उनले त्यसको अगुवाइ कांग्रेसले गरिहेको बताए ।
उनले चुनाव प्रभावित गर्न अनेक खालका प्रयास थालिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।
पौडेलले आफूले कांग्रेसलाई बचाउनको लागि उम्मेद्धवारी दिएको पनि बताएका थिए ।
भाषणको क्रममा उनी चितवन कांग्रेसका सभापति राजेश्वर खनालमाथि खनिएका थिए ।