काठमाडौं, ३१ वैशाख । शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् ।
उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।
अब भने स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ ।
सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।
महानगरको वडा नम्बर १ र ३२ बाट सबैभन्दा पहिला मतगणना सुरु हुनेछ ।
यसअघि स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले पाँच जना स्वतन्त्र उम्मेदवार बराबर एक प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए ।
जसले गर्दा मतगणनाको कार्य ढिलाई भएको थियो ।