काठमाडौँ,३ जेठ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएको हो । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए । पाण्डेले छ हजार ४५५ प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का चेतबहादुर रानाले पाँच हजार ७४१ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा कांग्रेसकै पूर्णसिंह राना निर्वाचित भएका छन् । रानाले छ हजार ७०५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेकी मनी पाण्डेले पाँच हजार ७३८ मत प्राप्त गरे । रासस