काठमाडौं, जेठ ५ । ललितपुर महानगरपालिकाको वडा नम्बर दशमा १० पटकसम्म वडाध्यक्ष जितेका स्वतन्त्र उम्मेदवार नरसिंह व्यन्जनकार ११ औं पटकमा पराजित भएका छन् ।
व्यन्जनकार नेपाली कांग्रेसका रविन व्यन्जनकारसंग दुई सय ४७ बढि मतान्तरले पराजित भएका हुन् । रविन नातामा नरसिंहका आफ्नै भतिज पर्दछन् ।
स्वतन्त्र उम्मेदवार नरसिंहले पाँच सय ७८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी रवीनले ८ सय २५ मत प्राप्त गरेका छन् ।