Logo

धरानको उपप्रमुखमा माओवादीको बेघाको अग्रता, प्रमुखमा हर्क साम्पाङले कति मत पाए



धरान, ६ जेठ । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार १२९७ मतको फराकिलो अग्रता लिएका हुन्।

३९ हजार ३५७ मतगणना हुँदा साम्पाङले १२ हजार १५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका किशोर राईले १० हजार ७२८ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेकी मञ्जु भण्डारीले ८ हजार ७५९ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी अइन्द्रबिक्रम बेघाले १२ हजार ३७६ मत ल्याएकी छिन् भने उनलाई पछ्याउँदै एमालेका इस्वो लिम्वुले ११ हजार ७६५ मत ल्याएका छन् । लिम्बुभन्दा बेघा ६११ मतले अगाडी छन् ।

 



प्रतिक्रिया दिनुहोस्