Logo

किशोरी बलात्कार प्रकरण : आरोपितलाई कानुनी दायरमा ल्याउन सभामुखको निर्देशन



काठमाडौं, ६ जेठ । सभामुख अग्नीप्रसाद सापकोटाले किशोरी ‘बलात्कार’ प्रकरणमा आरोपितलाई कानुनी दायरमा ल्याउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका संसद गगनकुमार थापाले यौनहिंसाको घटना भएको भन्दै अनुसन्धान गर्न माग गरेपछि सापकोटाले सरकारलाई छानबिन गर्न निर्देशन दिएका हुन् ।

बैठकमा सभामुखले यौनहिंसासम्बन्धी विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा तत्काल ल्याउन नेपाल सरकारलाई निर्देशन दिएका हुन् ।

Photo : Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्