Logo

२५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सरकारको निर्णय



काठमाडौं, ११ जेठ । सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको छ । सरकारले यो सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने बताएका हुन् ।

त्यस्तै, बैठकले विभिन्न कार्यक्रममा सहभागी हुन सरकारी प्रतिनिधिमण्डलको भ्रमण तालिका स्वीकृत गरेको छ । भर्चुअल बैठकको लागि प्रतिनिधि मण्डलको टोलीसहित ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत गरेको मन्त्री कार्कीले बताए ।

नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४औं बैठकमा सहभागी हुन पराराष्ट्र मन्त्रालयलका सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी, संयुक्त राज्य अमेरिकाको हवाईस्थित मनोलोलुमा १८ देखि २० जेठ २०७९ सम्म आयोजना हुने कन्प्रिएन्सिभ सेक्युरिटी कोर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई पनि सहभागी हुन स्वीकृत प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्