काठमाडौं, १६ जेठ । आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागु हुने भएको छ । आज साझ ६ बजेदेखि यातायात व्यवस्था विभागले नयाँ प्रणाली लागु गर्ने भएको हो ।
नयाँ प्रणाली लागुभएपछि आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने विभागको भनाई छ । त्यसको लागि अनलाइन पेमेन्टको व्यवस्था मिलाउने काम भइरहेको छ । विभागमा ग्राहकको अत्यधिक भिड देखिएपछि नयाँ प्रणाली लागु गर्न लागेको हो ।
विभागले नयाँ व्यवस्थाअनुसार सिमित आवेदन लिने र परेका आवेदनको ट्रायल सकाएर मात्रै नयाँ खुलाउने योजना बनाएको छ । जसअनुसार एक लटमा बढीमा १५ दिनसम्म पालो आउने गरी आवेदन लिने भएको छ ।