काठमाडौं, १६ जेठ । नयाँ शैक्षिक सत्रको तीन साता बितिसक्दा पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नपुगेको भन्दै जनक शिक्षा सामाग्री केन्द्रलाई छानबिन गर्न माग गरिएको छ ।
पाठ्यपुस्तक ढिलाईको कारण पत्ता लगाएर बददियतको छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीले आज शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
अध्यक्ष पञ्चा सिंहले पाठ्यपुस्तक बिना विद्यार्थीको अध्ययन पुरा नहुने भन्दै राज्यका सबै क्षेत्रहरुको आवश्यक सहयोग लिएर भएपनि चाडै नै शैक्षिक वातावरण बनाउनु पर्ने बताइन् ।