Logo

भगवान झाको समन्वयमा मधेश प्रदेशका विभिन्न प्रभावशाली व्यक्तित्वहरु एमाले प्रवेश



काठमाडौं, १९ जेठ । मधेश प्रदेशका विभिन्न प्रभावशाली व्यक्तित्वहरु नेकपा (एमाले) प्रवेश गरेका छन् । संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशका प्रभावशाली व्यक्तित्वहरुको एमाले प्रवेशको लर्को लागेको छ । यसअघि नै एमाले प्रवेश गरेका बरिष्ठ ईन्जिनियर भगवान झाको समन्वयमा आज विभिन्न प्रभावशाली व्यक्तित्वहरु एमाले प्रवेश गरेका हुन् । भगवान झा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य हुन् ।

आज (बिहीबार) एमाले केन्द्रीय कार्यालय, च्यासलमा एक कार्यक्रमको बीचमा रामदेव मिश्र, प्रमोद कुमार झा, ज्ञानेन्द्र कुमार मिश्रलगायत एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, विष्णु रिमालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गरेका रामदेव मिश्र यसअघि नेपाली कांग्रेसमा सक्रिय थिए । त्यस्तै, प्रमोद कुमार झापनि कांग्रेसमै सक्रिय थिए । उनी कांग्रेसमा १५ वर्ष क्रियाशील सदस्य रहिसकेका व्यक्ति हुन् । र, हालको स्थानीय चुनावमा गौशाला नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्धवार बनेका थिए । उनले सम्माजनक मत ल्याएका थिए । त्यस्तै, ज्ञानेन्द्र कुमार मिश्र सिएफओ हुन् ।



प्रतिक्रिया दिनुहोस्