काठमाडौं, २२ जेठ । पृथ्वीराज मार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डमा पर्ने तनहुँको याम्पा फाटदेखि घाँसीकुवा खण्ड आजदेखि बन्द हुने भएको छ ।
उक्त क्षेत्रमा सडक खन्नुपरेकाले अर्को सुचना जारी नभएसम्मका लागि आज राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको हो ।
मुग्लिङ पोखरा सडक योजना (पुर्वी खण्ड) तनहुले राति ११ बजे अगाडी र बिहान ४ बजेपछिको सममा गाडी चलाउन मिल्ने बताएको छ।
एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। चार लेनको सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ।