Logo

महिला सांसदले भनिन्-मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार



काठमाडौं, २३ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले बलात्कारसम्बन्धि मुद्दाको हदम्याद हटाउने बारे विरोध जनाएकी छिन् ।

बलात्कारसम्बन्धि मुद्दाको हदम्याद हटाउन सरकारले विधेयक पेस गरेको समयमा प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले मन नमिलेपछि बलात्कारका मुद्दा चलाउने प्रवृत्ति बढेको दाबी गरेकी हुन् ।

उनले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने गरेको टिप्पणी गरिन् । पुर्वसभामुख तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र अभिनेता पल शाहको चौधरीले उदाहरण दिएकी थिइन् ।

उनले आफुले पुरुषहरु महिलाबाट पीडित देखेको पनि सुनाइन् । सांसद चौधरीले महिला हो भन्दैमा महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझ्न पर्नेमा जोड दिइन् । उनले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउने जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस्