काठमाडौं, २३ जेठ । सरकारले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गरेको हो ।
बढुवा भएकामा एक नम्बरमा उत्तम सुवेदी परेका छन् । त्यसपछि अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । सिंह नेपाल प्रहरीमा अप्राविधिकतर्फ एआइजी हुने पहिलो महिला बनेकी छिन् ।
यसैगरी, सहसचिव सर्जुकुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । प्राविधिक सहसचिव वैद्य सचिवमा बढुवा भएका हुन् ।-File Photo