Logo

नविना थारु हत्या काण्ड : ५ बुँदे सहमति पीडीत परिवारद्धारा अस्वीकार



काठमाडौं, २४ जेठ । बर्दियामा सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा २० वर्षीया नविना थारुको मृत्यु भएको घटनालाई लिएर विरोध प्रदर्शन भईरहेको छ ।

गुलरिया अस्पतालमा थारुको शव राखिएको अवस्थामा प्रहरी दमनबारे छानबिन गर्न स्थानीय प्रशासनसँग सर्वपक्षीय ५ बुंदे सहमति भएको हो । तर, उक्त सहमति मृतकका परिवारले भने अस्वीकार गरेका छन् ।

पीडित परिवारलाई तत्काल राहत दिने, गोली चलाउनेलाई कारबाही गर्ने र घटनाको न्यायिक छानबिन गर्ने प्रशासनले सर्वपक्षीय सहमति भएको हो । पीडीत पक्षले मृतकको सालिक बनाउनु पर्ने माग गरेपछि मधुवन नगरपालिका तयार भएको जनाइएको छ ।

खेतमा काम गर्न गएकी अस्मिता थारुलाई सोमबार बाघले झम्टेर घाइते बनाएको थियो । हाल उनको नेपालगन्जमा उपचार भइरहेको छ। बाघलाई नियन्त्रणमा लिन माग गर्दै स्थानीयहरु प्रदर्शनमा उत्रेपछि विवाद हुँदा झडप भएको थियो ।

प्रहरीले अनावश्यक बल प्रयोग गरेर भिडलाई नियन्त्रण गर्न ११ राउन्ड हवाई फायर समेत गरेको थियो । प्रहरी र स्थानीयबीच झडपको क्रममा गोली लागेर थारुको मृत्यु भएको स्थानीयहरुले दाबी गरीररहेका छन् ।

शवको पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने प्रशासनले बताइरहेको छ ।

Photo : khabar bardiya



प्रतिक्रिया दिनुहोस्