काठमाडौं, ८ असार । नेपाल मजदूर किसान पार्टीका नेता नारायणमान विजुक्च्छे रोहितकी पत्नी शोभा प्रधानको निधन भएको छ । क्यान्सरसँग लड्दै आएकी उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
६२ वर्षीया प्रधानका छोराहरु सुवेग र सुवान विजुक्च्छे छन् । प्रधान रामेछापको ठोसेमा जन्मिएकी हुन् । २०४० सालमा उनको नारायणमान विजुक्च्छेसँग विवाह भएको थियो । उनी लामो समय शिक्षण पेशामा रहिन् ।