काठमाडौं, असार १२ । सभामुख अग्नि सापकोटाले संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन गरेका छन् ।
आईतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले र सांसद, सचिवालयका कर्मचारी सबैले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्ने बताएका छन् ।
उनले भने, ‘तिन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने कुनै फोरम छ भने त्यो संघीय संसद नै हो । त्यो संसदलाई कति हामी जीवन्त र जनमुखी बनाउन सक्छौं, अहिले हामीले त्यलाई एउटा सूत्रवाक्य बनाएका छौं । हामी निरन्तर, पूरै निष्ठाका साथ, पूरै इमानका साथ हामी लागेका छौं ।’