काठमाडौं, असार १३ । नेपाल धितोपत्र बोर्डले सेयर खरिद तथा विक्रीमा अल और नन् ुएओएनु सम्बन्धी व्यवस्था हटाउने भएको छ।
सेयर बजार घटेको विरुद्ध आन्दोलित पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्डबीच आइतबार भएको कार्यान्वयन समितिको पहिलो बैठकमा भएको सहमतिबमोजिम एओएनको व्यवस्था हटाइने धितोपत्र बोर्डले जनाएको छ।
हाल सेयर बिक्रीमा अल और ननको व्यवस्था रहेको छ । यसै व्यवस्थाका कारण सेयर बजार निरन्तर घटिरहेको आन्दोलनकारीको भनाइ छ ।
साथै, उपत्यका बाहिर शाखा कार्यालय खोल्न पूर्वाधार तयार गरेर बसेका ब्रोकरहरुलाई तत्कालै शाखा खोल्न अनुमति दिने निर्णय भएको पनि बोर्डले जनाएको छ। कारोबार दैनिकबाट