काठमाडौं, असार १३ । निवर्तमान श्रम तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले आफ्नो कार्यकालमा केही युगान्तकारी कदम चालेको दाबी गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित बिदाइ सम्बोधनमा बोल्दै उनले आफ्नो कार्यकालमा भएका कामहरु सार्वजनिक गरेका छन्।
उनले आफ्नो २६२ दिनको कार्यकाल सफलतापूर्वक बितेको उल्लेख गर्दै यो अवधिमा आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई कर्मचारीहरूले खादा लगाएर विदाई गरेका छन् ।