Logo

अब काठमाडौंका यी स्थानमा भिक्षा माग्न नपाइने



काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले केही सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । महानगरले साधु सन्त, जोगी, वा भिक्षुले घरघरमा पुगेर भिक्षा माग्न वा कुनै धार्मिक/सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न नपाइने नियम बनाएको हो ।

आज एक सुचना जारी गर्दै महानगरले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगायने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको हो ।

अब सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन, र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने भएको हो ।

बालबालिकाको प्रयोग गरेर कुनै पनि बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउन नपाइने भएको छ । साथै आवश्यक परेमा अशक्तहरुलाई मानव सेवा आश्रममको लागि महानगरमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्