काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्घातको छानबिन बनाउन प्रस्ताव गरेका हुन् ।
प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने बताएका छन् । समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने पनि उनले बताएका छन् ।