अभिनेत्री करीना कपुर एक समय अभिनेता शाहिद कपुरसँग डेटमा थिइन् । उनी शाहिदकै प्रेमका लागि आध्यात्मिक नै बनिन् । यही बेला उनले मांसाहार खानेकुरा पनि छोडिन् ।
अभिनेता आमिर खान पूर्वपत्नी रीनाको प्रेममा रहँदा यस्तै काम गरे । उनले रीनाका लागि रगतले प्रेमपत्र लेखेका थिए । तर, रीनालाई भने यो पत्रले विपरित असर पर्यो । अर्थात् आमिरप्रतिको सोचमा केही परिवर्तन आयो ।
फिल्म ‘तुम हसीन मे जवान’को सुटिङका समयमा धर्मेन्द्र र हेमा मालिनीको प्रेम भएको थियो । धर्मेन्द्रको पहिलो विवाह प्रकाश कौरसँग भएको थियो । हिन्दु विवाद अधिनियमका अनुसार बिना डिभोर्स धर्मेन्द्र दोस्रो विवाह गर्न सक्दैनथे । यहीकारण उनले आफ्नो विवाहलाई वैधानिकता दिनका लागि उनले इस्लाम धर्म अपनाए ।
एक समय दीपिका पादुकोण र रणवीर कपुरसँग प्रेम खुबै चल्यो । कैयौं सेलिब्रेटीले आफ्नो प्रेम लुकाइरहँदा दीपिकाले रणवीरको नाममा घाँटीमा ट्याटु नै खोपिन् ।
अभिनेता सैफ अली खान र करीना कपुर निकै लामो समयसम्म डेटमा थिए । अनिमात्र उनीहरुले विवाह गरे । सैफले करीनाको नाममा आफ्नो हातमा ट्याटु नै खोपेका थिए । एजेन्सी