काठमाडौं, २६ असार । चितवनमा बसले किचेर एक युवकको मृत्यु भएको छ । बस मर्मत गर्ने क्रममा सोही बसले किचेर सुरज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ ख ९६७ नम्बरको बस चालकले परीक्षण गरेर चलाउँदा सहचालक नेपाली गम्भिर घाइते भएका थिए ।
उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बसका चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।