Logo

एलिजा फाउण्डेशनद्धारा तेह्रथुमको फेदाप गाउँपालिकालाई निःशुल्क एम्बुलेन्स प्रदान



काठमाडौं, २८ असार । एलिजा फाउण्डेशनले तेह्रथुमको फेदाप गाउँपालिकालाई निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ। फाउण्डेशनकी अध्यक्ष एलिजा गौतमको गृहजिल्लासमेत रहेको तेह्रथुमको फेदाप गाउँपालिकालाई आज (मंगलबार) उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

फाउण्डेशनका संरक्षकद्धय गीतादेवी भेटुवाल र भरत गौतमले गाउँपालिका अध्यक्ष केशबप्रसाद भेटुवाललाई एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । फाउण्डेशनकी अध्यक्ष एलिजा भने यतिवेला कामविशेषले क्यानडमा छिन् । उक्त एम्बुलेन्स नेपालस्थित् भारतीय दूतावासले फाउण्डेशनलाई प्रदान गरेको थियो ।

भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसरमा विभिन्न संघ/संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस प्रदान गरेको थियो । फाउण्डेशनकी अध्यक्ष गौतमले आगामी दिनमा आफूले सामाजिक सेवालाई अझै बढोत्तरी दिने र देशका विभिन्न जिल्लाका दुर्गम ठाउँमा शिक्षा, स्वास्थ्य तथा खानेपानीलगायतका अत्यावश्यक क्षेत्रमा टेवा पुर्याउने विश्वास दिलाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्