काठमाडौं, २९ असार । सुर्खेत जिल्ला अदालतले जग्गाधनीलाई जानकारी नदिई जग्गा बेचेको मुद्दामा दोषी ठहर भएका १३ जनालाई सजाय सुनाएको छ । अदालतले उनीहरुको कसुरको आधारमा कैद र जरिवाना तोकेको हो ।
गत असार २१ गतेको जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो ।
अदालतले जग्गा कारोबारी सहवीर कार्कीलाई ९ महिना कैद र १५ हजार रुपैयाँ, अमरसिंह कटुवाललाई ३ महिना कैद ३० हजार रुपैयाँ, सन्तोष ठाकुर, गणेश बुढा र निर्मल पुरीलाई १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोेकेको छ ।
त्यस्तै, मालपोत कार्यालय सुर्खेतका तत्कालिन कर्मचारीहरु विश्वरुप साउद, सुनिल राना, गणेश विक, दिपेन्द्र श्रेष्ठ, कृष्णबहादुर थापा र तीर्थबहादुर महतारालाई एक वर्ष र २० हजार जरिवाना, वीरेन्द्रनगर –१२ का तत्कालीन कार्यबाहक वडाध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई ९ महिना कैद र १५ हजार रुपैयाँ सजाय सुनाइएको छ ।