काठमाडौं, ३० असार । नेकपा (एमाले) का प्रभावशाली नेता भगवान झाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सक्रियताबाट आफू प्रभावित भएको बताएका छन् । उनले अध्यक्ष ओलीलाई नेपालको एकमात्र राजनेताको रुपमा चित्रण गरे ।
माउन्टेन टेलिभिजनसँगको कुराकानीमा नेता झाले भनेका छन्–‘केपी ओली त नेपालको एकमात्र राजनेता हो । उहाँले विगतमा शक्तिमा भएरपनि वा नभएपनि, जुन काम राष्ट्रको लागि गर्नुभएको छ, यो त जनताले भनेका छन् नि । यो त प्रशंसाको कुरा नै छैन नि । उहाँले गरेको कामबाट नै जनताले यस्तो भनिरहेका छन् । उहाँले राष्ट्रिय स्वाधिनताको सवालमा पनि राम्रो काम गर्नुभएको छ । नेपाललाई ल्याण्डलक्ड कन्ट्रीबाट मुक्त गर्ने काम गर्नुभयो । सबैमा उहाँले आफ्नो छवि छोड्नभएको छ ।’
नेता झाले अध्यक्ष ओली सत्तामा हुँदासम्म र अहिलेको अर्थतन्त्रको सूचक हेर्नसमेत सुझाव दिए । उनले अहिलेको पाँच दलीय गठबन्धनको सरकारलाई नीति र भिजन नै नभएको संज्ञा दिए । उनले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको क्रेज भएजस्तै नेपालमा पनि ओलीको क्रेज रहेको दाबी गरे ।
https://www.facebook.com/mountaintelevision/videos/1057093011654441