Logo

नेष्डोको संचालक समितिमा हमाल निर्वाचित



काठमाडौं, २ साउन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहवाट प्रतिनिधित्व हुने २ जना सञ्चालक मध्ये पर्वतका विप्लव जंग हमाल निर्विरोध निर्वाचित भएका छन ।

संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था छ। निर्वाचित सञ्चालकहरुले आँफूमध्येवाट सहमतिमा १ जनालाई अध्यक्ष छनोट गर्ने व्यवस्था रहेको छ। २ जना सञ्चालकको लागि ४ जनाको उम्मेदवारी दर्ता गराएका थिए। अन्य २ जना उम्मेद्वारहरु तनहुँको भिमाद नगरपालिका–२ का तिर्थराज सुवेदी र काठमाण्डौँकी मनिषा प्रधान रहेका थिए।

निर्वाचन कार्यक्रमको अवधिमा सुवेदी र प्रधान मतदानपूर्वको सहमतिका क्रममा उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको लिखित घोषणा गरेपछि हमाल निर्विरोध घोषणा भएका निर्वाचन अधिकृत विश्वराज पाण्डेले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्