काठमाडौं, २ साउन । न्यायाधीशहरु धमाधम बर्खास्तगीमा पर्न थालेका छन् । न्यायपरिषद्ले अयोग्य हुँदा हुँदै न्यायाधीश बनेका र गलत आचरण गरेकाहरुमाथि कारबाही बढाउने क्रमलाई गति दिएको हो ।
उच्च अदालतकी न्यायाधीश रेणु साह बखास्त भएको केही दिनमा थप दुईजना न्यायाधीश बखास्तगीको सिफारिशमा परेका छन् । न्यायपरिषद्को बैठकले न्यायधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो ।
कायममुकायम प्रधानन्यायधीश दिपककुमार कार्कीको टेबलमा उनीहरुको बखास्तगीको सिफारिश पुगेको छ। अन्तिम निर्णय कार्कीले लिनेछन् ।
निधि उच्च अदालत महेन्द्रनगरेको न्यायाधीश र शर्मा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश थिए ।
यसअघि न्यायाधीशहरु नसरुल्लाह अन्सारी र लोकजंग शाह पदमुक्त गरिएका थिए । विशेषगरी चोलेन्द्र शमशेर जबरा निलम्बनमा पर्नुअघि हालीमुहाली गरेका न्यायाधीशहरुबारे छानबिन बढी केन्द्रित भएको छ ।