काठमाडौँ,४ साउन । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेस भएको छ ।
समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सो समितिको वार्षिक प्रतिवेदन, २०७९ पेश गरेको हो ।
यस्तै बैठकमा अन्तर्राष्ट्रियसम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७९ पेस गरे । यसैगरी राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । रासस