Logo

एनआईसी एशिया बैंकले कमायो साढे ४ अर्ब रुपैयाँ खुद नाफा, खराब कर्जा ०.४९ प्रतिशतमा सीमित



काठमाडौं, साउन ५ । एनआइसी एशिया बैंकले साढे ४ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७८ मा ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकले ३९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ११ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो अबको सोिही अवधिमा बैंकले ९ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्