Logo

रमेश लेखकद्वारा महेन्द्रनगर विमानस्थल निर्माणका लागि पर्यटनमन्त्रीको ध्यानाकर्षण



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कञ्चनपुरस्थित् महेन्द्रनगर बिमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको ध्यानाकर्षण गराएका छन । मन्त्री श्रेष्ठसहित मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरुसँग आज मन्त्रालयमा भेटघाट गरि नेता लेखकले निर्माणाधिनन बिमानस्थलमाका लागि आवश्यक जग्गा अधिग्रहण लगायतका कानुनी प्रक्रिया पूरा गरि निर्माण प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका हुन ।

भेटका क्रममा मन्त्री श्रेष्ठले जग्गा अधिग्रहणका लागि तत्काल प्रक्रिया अगाडि बढाएर बिमानस्थल निर्माण अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको भेटमा सहभागी नेता लेखकका स्वकीय सचिब जनक भट्टले बताए ।छलफलका क्रममा मन्त्री श्रेष्ठले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशनसमेत दिएका थिए।

२०३६ सालदेखि २०५६ सम्म संचालित अवस्थामा रहेको बिमानस्थल हाल बन्द अवस्थामा रहेको छ । ५२ बिगाहा जमिनमा रहेको बिमानस्थल स्तरोन्नतिका लागि थप ४५ बिगाहा जमीन नेपाली सेना , बन मन्त्रालय र बक्तिगत जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ ।

नेता लेखकको नेतृत्वमा नेपाली कांग्रेस कंचनपुरका सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक (जोशी) उद्योग बाणिज्य संघ कंचनपुरका अध्यक्ष पिताम्बर जोशी कांग्रेस नेता पदम बुढा, अफिलाल जोशीलगायत भेटमा सहभागी रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्