Logo

आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मितिबारे निर्णय हुँदै



काठमाडौं, ९ साउन । मन्त्रिपरिषद् बैठक बस्दैछ । आज साँझ ५ बजे बस्ने बैठकमा संघीय संसद्को निर्वाचनको मितिबारे छलफल हुने खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीले जानकारी दिए ।

रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा मन्त्री चौधरीले भने–‘आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । आज निर्वाचनको मितिबारे छलफल हुने तय भएको छ । यसअघि निर्वाचन आयोगले सिफारिश गरेको मितिबारे आज छलफल हुन्छ । हामी एउटा निश्कर्षमा पुग्छौं ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि सरकारले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेको छ । निर्वाचन सार्न लागिएको भन्दै एमाले नेताहरुले आक्रोश पोखेका छन् ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने निर्धारित मितिमै निर्वाचन हुने भन्दै त्यसबाट सरकार दायाँबायाँ नहुने स्पष्ट पार्दै आएका छन् । निर्वाचन आयोगले भने भने आगामी मंसिरको ४ गतेको लागि निर्वाचनको मिति सिफारिश गरेको छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्