काठमाडौं, १२ साउन । राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ बहुमतले पारित भएको छ ।
आज (बिहीबार) बसेको राष्ट्रियसभाको बैठकमा उक्त विद्येयक बहुमतले पारित भएको हो ।
विद्येयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए ।
राष्ट्रियसभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिको हातमा पुग्नेछ । file photo