काठमाडौं, १३ साउन । आज विश्व बाघ दिवस । यस अवसरमा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरेको छ । ‘स्वास्थ पारिस्थिकीय प्रणालीका लागि बाघ संरक्षण’ नाराका साथ वन मन्त्रालयले आज कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको जनाईएको छ ।
सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् । नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघको संख्या दोब्बर बनाउने संकल्प गरेको थियो । सो संकल्प पूरा गर्न नेपाल सफल भएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम