Logo

मुख्यमन्त्री राउतद्धारा वर्ल्डलिंक कम्युनिकेशनलाई सम्मानपत्र प्रदान



काठमाडौं, १७ साउन । नेपालकै ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सम्मान पाएको छ । मधेश प्रदेशको वीरगञ्जमा आयोजित औद्योगिक सम्मेलनमा सहभागी यादवलाई मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुधन महतो, नेपालका लागि बेलायती राजदूत निकोला पोलिटलगायतको उपस्थितिमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । कम्पनीको तर्फबाट निर्देशक लक्ष्मण यादवले उक्त सम्मानपत्र ग्रहण गरेका थिए ।

मधेश प्रदेश,आर्थिक वृद्धिमा भएको प्रगतिको पूनरावलोकन र आगामी सुधारका कार्यहरुको लागि वीरगञ्जमा हालै औद्यौगिक सम्मेलनको आयोजना गरिएको थियो । सो अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडलाई सम्मान प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्