काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरिएको घरजग्गा धितोबाट पाइने ऋणको सीमा आजदेखि लागु भएको छ ।
जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा अनुसार काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र उपत्यका बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
निर्देशिका अनुसार घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिँदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र बाहिर ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ ।