काठमाडौं, ३ भदौ । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमविरुद्ध उजुरी दिएको छ । पेट्रोलियम पदार्थको मुल्य नघटाएको भन्दै मञ्चले सांसदको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिमा निवेदन दिएको हो ।
इन्धनको मुल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निगमविरुद्ध उजुरी दिएका हुन् । इन्धनको मुल्य निरन्तर घटेपनि निगमले मुल्य नघटाएको निवेदनमा उल्लेख गरिएको छ ।