Logo

अन्योलबीच सचिव व्यवस्थापन



काठमाडौं, भदौ ६ । सरकारले अन्योलबीच दुई सचिवको व्यवस्थापन गरेको छ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अर्जुन पोखरेललाई पठाइएको छ । यी दुई सरुवा ढेड साताअघि नै गरिएको भनिए पनि केही चलखेलका कारण रोकिँदै आएको थियो ।

यसअघि अधिकारीको पर्यटन मन्त्रालयका सरुवा भए पनि चलखेलका कारण उनको सरुवा रोकिएको थियो । तर, अन्तिममा आएर अधिकारीलाई नै पर्यटन मन्त्रालयमा पठाइएको छ । अधिकारीले आइतबार नै पर्यटनमा भएको सरुवाको पत्र बुझेका छन् । त्यस्तै, अर्जुन पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको पत्र तयार भए पनि पोखरेलले पत्र बुझ्न बाँकी छ ।

प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भए पनि विभिन्न पक्षको रुचि र सेटिङका कारण सरुवा विवादित बन्ने गरेको छ । सरुवामा आर्थिक चलखेलसमेत हुने गरेको पाइएको छ ।

सचिव सरुवामा प्रधानमन्त्री सचिवालय मन्त्री तथा पाँच दलीय गठबन्धनका नेताको मुख्य भूमिका रहने गरेको छ । यसमा केही बिचौलियासमेत सक्रिय हुने गरेका छन् । राजधानी दैनिकबाटसंघीय मामिला तथासंघीय मामिला तथा



प्रतिक्रिया दिनुहोस्