Logo

आज नक्सा बोकेर डोजरसहित कहाँ जादैछन बालेन ? यी हुन आज भत्काइने सम्भावित क्षेत्र



काठमाडौं, भदौ १० । । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ । बिहीबार नै योजना बनाएर बसेको मेयरको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए ।

यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड शाखको अवैध संरचना आफैं हटाउन निर्देशन दिएका थिए ।

कोटेश्वरको ट्रष्ट कार्यालयको अवैध संरचना महानगरले बिहीबार नै हटाउन भनेको थियो । तर, बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना हटाउन थालेपछि कोटेश्वर पुग्न सकेको थिएन ।

यद्यपि, स्वकीय सचिव शाहले कहाँ जाने भन्नेबारे केहीबेरमा यकिन हुने बताए । “कहाँ जाने भन्नेबारे हाम्रो प्लान बनिसकेको छ । केहीबेरमा सार्वजनिक गर्छौं,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्