काठमाडौं, १५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धनको फुर्ति आगामी मंसिर ४ गतेसम्म मात्रै रहेको टिप्पणी गरेका छन् ।
पार्टी कामको सिलसिलामा कैलाली पुगेका ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान गठबन्धन आँफै नबनेको र अरुको इशारामा बनेकोले अहिले नफुट्नेसमेत दाबी गरे ।
ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको समेत आरोप लगाए ।
यस्तै, महाकालीमा एसएसबीले तुइन काटेर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग कुरा गर्न नसकेको उनको आरो प थियो । file photo