Logo

डेंगु बढेपछि प्रकाशमान चिन्तित, गराए सरकारको ध्यानाकर्षण



काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हैजा र डेगु रोगको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

नेता सिंहले आज संसदको शून्य समयमा बोल्दै हैजा र डेंगु रोगको प्रकोप बढ्दै गएको उल्लेख गर्दै रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

साथै, नेता सिंहले दसै लगायत महत्त्वपूर्ण चाडपर्वहरु सुरु हुन लागेकाले बजार अनुगमन र महंगी नियन्त्रणका विशेष ध्यान दिन पनि सरकार समक्ष आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्